अक्सफोर्डको भ्याक्सिन लगाएपछि बिरामी भएका स्वयंसेवकको जाँच रिपोर्ट आयो

डिसी नेपाल
२ असोज २०७७ ९:०२

काठमाडौं। केही समयअघि अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाभाइरस भ्याक्सिन लगाएका एक स्वयंसेवक अचानक बिरामी भएपछि भ्याक्सिनको क्लिनिकल ट्रायल रोकियो । पछि ट्रायलले निरन्तरता पायो । अब ती स्वयंसेवक बिरामी हुनुको कारण पनि खुलेको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसार ती स्वयंसेवक भ्याक्सिन लगाएका कारण बिरामी भएका होइनन् ।

एबीसी न्यूजको रिपोर्टअनुसार अक्सफोर्ड विश्वविद्यालयले टयलमा सहभागी सबै स्वयंसेवकहरुलाई केही दस्तावेज पठाएको छ । दस्तावेजमा ती स्वयंसेवकलाई स्वास्थ्य समस्या प्रायोगिक भ्याक्सिनका कारण नभएको उल्लेख छ । एक स्वयंसेवकले अक्सफोर्डले पठाएको दस्तावेज अनलाइन पोस्ट गरेका छन् । यसअघि एक स्वयंसेवकको मेरुदण्ड गम्भीर रुपमा सुन्निएपछि ६ सेप्टेम्बरमा भ्याक्सिनको ट्रायल रोकिएको थियो ।

अक्सफोर्डको दस्तावेजमा लेखिएको छ ‘ट्रायलको स्वतन्त्र समीक्षामा यस्तो कुनै पनि सम्भावना देखिएन जसले स्वयंसेवकलाई भएको स्वास्थ्य समस्याको कारण भ्याक्सिनसँग सम्बन्धित मान्न सकियोस् । भ्याक्सिनका कारण स्वयंसेवकको स्वास्थ्य बिग्रिएको पर्याप्त प्रमाण छैनन् । यो सूचना प्राप्त भएपछि समीक्षकहरुले ट्रायल जारी राख्न सल्लाह दिएका छन् ।’ ट्रायल रोकिएपछि अक्सफोर्ड र एस्ट्राजेनेकाले धेरै प्रश्नको सामना गर्नु परिरहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *