सुरक्षाकर्मीको एके–४७ राइफल खोसेर २ सयभन्दा धेरै कैदी कपडा फालेर नाङ्गै भागे

डिसी नेपाल
२ असोज २०७७ ९:२६

काठमाडौं। अफ्रिकी देश युगाण्डामा जेलमा रहेका कुख्यात कैदीहरु सुरक्षाकर्मीको एके–४७ राइफल र गोलीगठ्ठा खोसेर भागेका छन् । युगाण्डाको पूर्वोत्तर क्षेत्रमा रहेको मोरोटो जिल्लामा रहेको जेलबाट एकैपटक २ सय १९ जना कैदी भागेका हुन् । ती कैदीहरुले सुरक्षाकर्मीको हतियार खोसेपछि आफ्ना कपडा खोलेर त्यहीँ फ्याँकेर नाङगै भागेका थिए ।

बीबीसीका अनुसार कैदीहरु सबैलाई जेलमा विशेष प्रकारको पहेंलो कपडा लगाउन दिइन्छ । त्यो कपडा लगाएर भाग्दा टाढैबाट चिनिने र पक्राउ पर्न सक्ने आशंकाले उनीहरु कपडा खोलेर भागेका हुन् । भागेका कैदीहरुले सुरक्षाकर्मीलाई बन्धक बनाएका थिए । उनीहरुले सुरक्षाकर्मीसँग १५ एके ४७ राइफल र ष्गोलीगठ्ठा खोसेर भागेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *