सन्दिप लामिछानेलाई भारतको राष्ट्रिय टिमबाट खेलाउनुपर्छः भारतका पूर्वकप्तान गावस्कर

डिसी नेपाल
२ असोज २०७७ ११:१३

काठमाडौं। भारतका दिग्गज ब्याट्सम्यान तथा भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सुनील गावस्करले नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई भारतको राष्ट्रिय टिमबाट खेल्ने अवसर दिइनुपर्ने बताएका छन् । भारतीय च्यानल ‘स्पोर्टस तक’सँग यूएइमा सुरु हुन लागेको आइपिएलबारे कुरा गर्दै गावस्करले यस्तो धारणा राखेका हुन् ।

यदि इङल्याण्डले स्कटल्याण्ड र आयरल्याण्डका खेलाडीहरुलाई आफ्नो टिमबाट खेलाउन सक्छ भने भारतले लामिछानेजस्तै नेपाली खेलाडीहरुलाई आफ्नो टिममा समावेश गर्नेतर्फ पहल गर्नुपर्ने बताए । उनले अहिले नै यो कुरा मजाक जस्तो लागे पनि भविष्यमा यस्ता विषयमा सोच्नुपर्नेमा जोड दिए । गावस्करले लामिछाने राम्रो खेलाडी भएको बताउँदै उनले भारतीय रंगमा अझै राम्रो गर्न सक्ने पनि बताए । सन्दिप आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।

यस सिजनको आइपिएलमा सन्दिपको स्थानबारे कुरा गर्दै गावस्करले उनी यो सिजन दिल्लीका दिग्गज स्पिनर अमित मिश्राभन्दा अगाडि प्लेइङ ११ मा पर्नुपर्ने धारणा राखे । सन्दिपको प्रशंशा गर्दै गावस्करले उनी निकै राम्रोसँग सिक्न सक्ने खेलाडी भएको र आफ्नो अगाडि आएका अनुभवबाट उनले आफूलाई निकै राम्रो बनाउँदै लगेको बताए । गएको सिजन आइपिएलमा सन्दिपले ८ खेलमा १७.२५ को स्ट्राइक रेटमा ८ विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *