थप २ हजार २० जनामा कोरोना पुष्टि, ८७१ डिस्चार्ज; ७ जनाको मृत्यु

डिसी नेपाल
२ असोज २०७७ १६:२१

काठमाडौं । शुक्रबार देशभर दुई हजार २० जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका दुई हजार २० संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६१ हजार ५९३ पुगेको छ।

हालसम्म ४३ हजार ८२० जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा८७१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ। गत २४ घण्टामा ११ हजार ४५८ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ७ हजार ७३६जना क्वारेन्टिनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *