अमेरिकी कम्पनी मोडर्नाले कोरोना भ्याक्सिन लञ्च गर्दै

डिसी नेपाल
३ असोज २०७७ १२:१६

काठमाडौं। अमेरिकी बायो फर्मास्युटिकल कम्पनी मोडर्नाले आफ्नो कोरोना भ्याक्सिन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीका सीइओले भ्याक्सिनको व्यवसायिक लञ्चको लागि सक्रिय रुपले काम भइरहेको बताएका छन् । मोडर्नाले ‘एमआरएनए–१२७३’ नामको भ्याक्सिन बनाउँदैछ । मोडर्नाका सीइओ स्टिफन बेंसलले यो घोषणा यस्तो बेलामा गरेका छन् जतिबेला विश्वभरी नै कोरोना भ्याक्सिन छिटो ल्याउने होडबाजी चलिरहेको छ ।

समाचार एजेन्सी आइएएनएसका अनुसार बेंसलले बिहीबार एक बयानमा कम्पनीको एक भ्याक्सिन तेस्रो चरणको ट्रायलमा रहेको र अन्य ४ भ्याक्सिन दोस्रो चरणको ट्रायलमा रहेको बताएका छन् । उनले अमेरिकामा एमआरएनए १२७३ भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा ३० हजार स्वयंसेवक सहभागी भएको बताए । सहभागीमध्ये १० हजार स्वयंसेवकलाई भ्याक्सिनेसन गरिसकिएको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *