ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पनेरुद्वारा खेल सामग्री सहयोग

डिसी नेपाल
३ असोज २०७७ १९:५४

काठमाडौं । ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुले खेल सामग्री सहयोग गरेका छन् । नेपाली ब्याडमिन्टनका पूर्व शीर्ष खेलाडी पनेरुले रु ६० हजार बराबरको ब्याडमिन्टनको खेल सामग्री उपलब्ध गराएका हुन् ।

हाल अमेरिकामा रहेका पनेरुले ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्यालमार्फत उक्त सामग्री उपलब्ध गराएका हुन् । उक्त खेल सामग्री आज दशरथ रंगशालामा आयोजित एक कार्यक्रममा नेपालका जुनियर ब्याडमिन्टन च्याम्पियन एवं विश्व जुनियर ब्याडमिन्टनतर्फका सातौँ ¥याङ्कीङ खेलाडी प्रिन्स दाहाल र महिला ब्याडमिन्टनकी सिनियर तथा जुनियर च्याम्पियन रसिला महर्जनलाई हस्तान्तरण गरिएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय अम्पायर अर्याल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सुवास श्रेष्ठ, काठमाडौँ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपक थापा, योनेक्सका राजु बाँस्तोला, ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी पंकज चन्द र इन्द्र महता सहभागी रहेको प्रिन्स दाहालका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए । पूर्व च्याम्पियन पनेरुले यसअघि पनि ब्याडमिन्टनका खेलाडीलाई खेल सामग्री सहयोग गर्दै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *