आईपीएलको पहिलो खेलमा मुम्बईमाथि चेन्नईको सजिलो जित

डिसी नेपाल
३ असोज २०७७ २३:५२

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमा चेन्नई सुपर किंगले गत सिजनको विजेता मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। अबुधाबीमा शनिबार भएको खेलमा चेन्नईले मुम्बईलाई ५ विकेटले पराजित गरेको छ।

चेन्नईका लागि अम्बाती राइडु र फा डू प्लेसीले अर्धशतक बनाए। राइडुले विस्फोटक ब्याटिंग गर्दै ४८ बलमा ७१ रन बनाए भने नटआउट रहेका प्लेसीले ४४ बलमा ५८ रन बनाए। १६३ रनको लक्ष्य पाएको चेन्नईले पाँ विकेट गुमाएर १९ ओभर २ बलमा लक्ष्य पूरा गर्यो।

चेन्नईका लागि यो सिजनमा पञ्जावबाट चेन्नई पुगेका साम करनले ६ बलमा १८ रन बनाए। अलराउण्ड प्रदर्शनका गरेका उनले ४ ओभरमा २८ रन दिएर १ विकेट लिए। उनी म्यान अफ दि म्याच भए।

यसअघि मुम्बईका लागि क्वान्टन डि कक र रोहित शर्माले विस्फोटक शुरुआत गरेका थिए। ४ ओभरमा विना क्षति ४५ रन जोडेको मुम्बईले त्यसपछि लगातार अन्तरालमा विकेट गुमायो।
आइतबार दोस्रो खेल नेपाली स्पीनर रहेका दिल्ली क्यापिटल्स र किंग्स एलेभन पञ्जावबीच हुनेछ।

कोरोना महामारीका कारण यो सिजनको आईपीएल भारतमा नभएर यूएईमा भइरहेको छ। मैदानमा दर्शक भने छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *