विश्वमा कोरोना : २४ घण्टामा थपिए २ लाख १३ हजार संक्रमित, मृतकको संख्या ९ लाख ५९ हजार

डिसी नेपाल
४ असोज २०७७ ८:१२

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख भन्दै धेरै पुगेको छ। शनिबार मात्रै २ लाख १३ हजार भन्दै धेरै संक्रमित थपिएका छन्। कोरोनाबाट निको संख्याको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। हालसम्म २ करोड २४ लाख ९८ हजार ९१८ जना भन्दा धेरै उपचारपछि निको भएका छन्। हालसम्म ९ लाख ५९ हजार ४२५ जनाको मृत्यु भएको छ।

अमेरिकामा मात्रै संक्रमितको संख्या ६९ लाख ५५ हजार ९२ पुगेको छ। अमेरिकामा हालसम्म दुई लाख भन्दा धेरैको मृत्यु भइसकेको छ भने प्रत्येक दिन करिव ५० हजार संक्रमित थपिएका छन्। अमेरिकामा हालसम्म ४२ लाख भन्दा धेरै मानिस उपचारपछि निको भएका छन्।

भारतमा हालसम्म ५३ लाख ९२ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ हालसम्म ८६ हजार ६९९ जनाको मृत्यु भएको छ भने ४२ लाख ९५ हजार ७५५ जना उपचारपछि निको भएका छन्।

ब्राजीलमा ४५ लाख तीन हजार २ जना संक्रमित भएका छन् भने १ लाख ३६ हजार ३५ जनाको मृत्यु भएको छ। त्यहाँ ३७ लाख ८९ हजार १३९ जना निको भएका छन्।
रुसमा १० लाख ९७ हजार २५१ जना संक्रमित भएका छन् भने १९ हजार ३३९ जनाको मृत्यु भएको छ। त्यहाँ ९ लाख ६ हजार ४६२ जना उपचारपछि निको भएका छन्।

यसैबीच फ्रान्समा संक्रमणको दोस्रो लहर सुरु भएको छ। अगस्टमा देशका अधिकांश भागमा संक्रमणलाई नियन्त्रणमा लिन सफल भएको फ्रान्समा अहिले संक्रमितको संख्या दैनिक बढिरहेको छ। शुक्रबार फ्रान्सको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी एकै दिनमा १३ हजार २१५ नयाँ संक्रमित थपिएको जनाएको थियो। फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। अहिलेसम्म फ्रान्समा ३१ हजार २४९ जनाको मृत्यु भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *