आइपिएलको पहिलो खेलमा रोचक संयोग, २ जोडी दाजुभाइ एउटै खेलमा

डिसी नेपाल
४ असोज २०७७ ८:१६

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) शनिबारदेखि सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा चेन्नइ सुपरकिंग्सले साविक विजेता मुम्बइ इण्डियन्सलाई पराजित गरेको छ । अबुधाबीमा शनिबार भएको खेलमा चेन्नइले मुम्बइलाई ५ विकेटले पराजित गरेको हो ।

हिजो भएको पहिलो खेलमा रोचक संयोग बनेको छ । यो खेलमा २ जोडी दाजुभाइ खेलेका थिए । मुम्बइ इण्डियन्सबाट क्रुणाल पंड्या र हार्दिक पंड्या खेलेका थिए । एउटै टिमको तर्फबाट खेलेका यी दुई अलराउण्डरमध्ये क्रुणाल दाजु र हार्दिक भाइ हुन् । यी दुई साख्खै दाजुभाइ हुन् ।

यस्तै यही खेलमा मुम्बइका तर्फबाट राहुल चहर र चेन्नइका तर्फबाट दीपक चहर खेलेका थिए । यी दुई कजिन दाजुभाइ हुन् । दीपक दाजु र राहुल भाइ हुन् । हिजो मुम्बइको इनिङको अन्तिम ओभरका दीपक चहरले बलिङ गर्दा राहुल चहर ब्याट्सम्यान थिए । उनले दाजु दीपकले फालेको २ बल खेलेका पनि थिए ।

हिजोको खेलमा चेन्नइका लागि अम्बाती राइडु र फाफ डू प्लेसीले अर्धशतक बनाए। राइडुले विस्फोटक ब्याटिंग गर्दै ४८ बलमा ७१ रन बनाए भने नटआउट रहेका प्लेसीले ४४ बलमा ५८ रन बनाए। १६३ रनको लक्ष्य पाएको चेन्नईले पाँच विकेट गुमाएर १९ ओभर २ बलमा लक्ष्य पूरा गर्यो।

चेन्नईका लागि यो सिजनमा पञ्जावबाट चेन्नई पुगेका साम करनले ६ बलमा १८ रन बनाए। अलराउण्ड प्रदर्शनका गरेका उनले ४ ओभरमा २८ रन दिएर १ विकेट लिए। उनी म्यान अफ दि म्याच भए।

यसअघि मुम्बईका लागि क्वान्टन डि कक र रोहित शर्माले विस्फोटक शुरुआत गरेका थिए। ४ ओभरमा विना क्षति ४५ रन जोडेको मुम्बईले त्यसपछि लगातार अन्तरालमा विकेट गुमायो। आइतबार दोस्रो खेल नेपाली स्पिनर रहेका दिल्ली क्यापिटल्स र किंग्स एलेभन पञ्जावबीच हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *