रुसका २ थरीका कोरोनाभाइरस औषधि अब फार्मेसी पसलमा पाइने

डिसी नेपाल
४ असोज २०७७ ८:३५

काठमाडौं। रुसले विकसित गरेका २ किसिमका कोरोनाभाइरस उपचारमा प्रयोग हुने औषधि फार्मेसीमा बिक्री गर्नको लागि स्वीकृत भएका छन् । रुसको स्वास्थ्य मन्त्रालयले सरकारी समाचार एजेन्सी आरआइए नावोस्तीमार्फत एक वक्तव्य जारी गर्दै यसको जानकारी दिएको द मस्को टाइम्सले लेखेको छ ।

यी दुवै औषधिहरु फ्याभिपिराभिरको रुसी संस्करण हुन् जसलाई कोरोनाभाइरसको उपचारको लागि ‘मोडिफाइ’ गरिएको छ । यो औषधिको मूल संस्करण जापानको फुजीफिल्मले विकसित गरेको हो र यो मूल रुपमा फ्लुविरुद्ध प्रयोग हुने औषधि हो । यो चक्की औषधिको क्लिनिकल ट्रायलमा यसले बिरामीलाई स्वस्थ हुन लाग्ने समयमा कमी ल्याएको पाइएको थियो । यसलगत्तै रुस, भारत र चीनले यो औषधि कोरोना संक्रमित बिरामीको उपचारको लागि स्वीकृति दिएका थिए ।

यी दुई औषधिमध्येको एक औषधि आरेप्लीभिर सोमबारदेखि नै रुसका अधिकांश क्षेत्रका औषधि पसलमा उपलब्ध हुनेछ । अर्को औषधि कोरोनाभिर पनि सोही समयमा उपलब्ध हुने अपेक्षा गरिएको छ । कोरोनाभिरको उत्पादक आर फार्मका अनुसार यो औषधिले कोभिड १९ सँग सम्बन्धित जटिलताहरुलाई कम गर्छ । क्लिनिकल ट्रायलमा यो औषधि प्रयोग गरेपछि ५० प्रतिशत बिरामीहरुमा ७ दिनमा सुधार देखिएको थियो जुन औषधि प्रयोग नगर्नेको तुलनामा डेढ गुणा छिटो हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *