सेल्फ आइसोलेसनको नियम तोड्नेलाई १५ लाख जरिवाना !

डिसी नेपाल
४ असोज २०७७ ८:५१

काठमाडौं। बेलायतमा सेल्फ आइसोलेसनको नियममा कडाइ गरिएको छ । अब यहाँ सेल्फ आइसोलेसनको नियम तोड्नेले १० हजार पाउण्ड (१५ लाख नेपाली रुपैयाँ) सम्म जरिवाना तिर्नुपर्नेछ । बीबीसीका अनुसार बेलायत सरकारले २८ सेप्टेम्बरदेखि सेल्फ आइसोलेशनको यो नियम लागू गराउँदैछ । त्यसपछि जाँचमा कोभिड १९ पोजेटिभ देखिएका व्यक्ति र संक्रमितको ‘क्लोज कन्ट्याक्ट’मा रहेका व्यक्ति अनिवार्य रुसमा सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।

कोरोनाभाइरस संक्रमितको संख्यामा लगातार वृद्धि हुन थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नियममा कडाइ गरेका हुन् । शनिबार यहाँ कोभिड–१९ का ४ हजार ४ सय २२ जना नयाँ संक्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो । नयाँ नियमअनुसार जरिवाना १ हजार पाउण्डबार सुरु हुनेछ र १० हजार पाउण्डसम्म पुग्नेछ । यसअघि सेल्फ आइसोलेशनलाई एक निर्देशनको रुपमा मात्रै लागू गरिएको थियो र यसमा कुनै सजाय तोकिएको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *