मलेसियामा नेपालीकै हत्या अभियोगमा एक नेपाली पक्राउ

डिसी नेपाल
४ असोज २०७७ १३:१८

काठमाडौं। मलेसियामा एक नेपाली हत्या अभियोगमा पक्राउ गरेका छन् । यहाँको जलन गुर्ने २ मा रहेको एक सोसाइटीमा गएको बिहबिार भएको झगडाका क्रममा ती नेपालीले अर्का एक नेपालीको हत्या गरेको आरोप छ । मलेमेलका अनुसार पक्राउ परेका र मारिने दुवै नेपाली सुरक्षागार्ड हुन् ।

वाङसु माजु जिल्लाका प्रहरी प्रमुख सुरेरिटेण्डेन्ट राजब अहद इस्माइलीका अनुसार ३० वर्षका आरोपीलाई पाहाङ, बेन्टोंगको काम्पुङ बुकिट टिङगी नजिकैको तरकारी फार्मबाट शनिबार बिहान १ बजे पक्राउ गरिएको हो । उनका अनुसार पुलिसले शुक्रबार २.४० मा विदेशीहरुबीच झडप भएको खबर पाएको थियो ।

पुलिस घटनास्थल पुग्दा २७ जर्षका एक नेपाली मृत भेटिएका थिए । उनलाई धारिलो हतियार प्रहार गरिएको पाइएको छ । प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार मृतक र आरोपी दुवैले एउटै कम्पनीमा सुरक्षागार्डको रुपमा काम गर्ने र विगत ६ महिनादेखि कम्पनीकै होस्टेलमा बस्दै आएको पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *