दिल्ली भर्सेज पंजाब प्रिभ्यूः पंजाबले युएइमा कुनै खेल हारेको छैन तर यसपटक सजिलो छैन

डिसी नेपाल
४ असोज २०७७ १५:४७

काठमाडौं। आइपिएलमा आज दिल्ली क्यापिटल्स र किंग्स १ पंजाबबीच खेल हुँदैछ । दिल्ली क्यापिटल्समा नेपाली खेलाडी पनि भएकोले यो खेलमा नेपालीहरुको चासो बढी छ । आजको खेल दुबइमा हुँदैछ । युएइमा पंजाबले एउटा पनि खेल हारेको छैन । २०१४ को आइपिएलमा पंजाबले युएइमा भएका सबै ५ खेल जितेको थियो । साथमा पंजाबले विगत ३ सिजनमा आफ्नो पहिलो खेल जितेको छ ।

युएइमा पंजाबको अविजित रेकर्ड भए पनि अहिले दिल्लीको स्पिन आक्रमण बलियो छ जसले पंजाबलाई आजको खेल जित्न कठिनाइ बढाउँछ । टिममा रविचन्द्रन अश्विन, अमित मिश्रा, सन्दिप लामिछाने, अक्षर पटेलजस्ता स्पिनर छन् । यी बरहरुलाई स्लो पिचले सघाउनेछ र दुबइको पिच स्लो छ । यद्यपि युएइमा दिल्लीको रेकर्ड खराब छ । २०१४ मा दिल्लीले युएइमा खेलेका ५ खेलमध्ये ३ हारेको थियो र २ जितेको थियो ।

आजको खेलमा केही खेलाडीहरुले आफ्नो करिअरको माइलस्टोन पूरा गर्न सक्छन् । लोकेश राहुलले आज २३ रन बनाएमा उनले करिअरको २ हजार रन पुरा गर्नेछन् । यससँगै उनी २ हजार रन पूरा गर्ने २० औं भारतीय हुनेछन् । क्रिस गेलले १६ रन बनाएमा आयपिएल करिअरमा ४ हजार ५ सय रन पार गर्नेछन् । ४ हजार ५ सयभन्दा बढी रन बनाउने उनी दोस्रो विदेशी बन्नेछन् । यसअघि अस्ट्रेलियाका डेभिड वार्नरले ४ हजार ५ सय रन पार गरिसकेका छन् । १०० छक्का पूरा गर्नको लागि शिखर धवनलाई ४ र ऋषभ पन्तलाई ६ छक्काको आवश्यकता छ ।

पंजाबको टिमले अहिलेसम्म कुनै एक टिमविरुद्ध सबैभन्दा धेरै जीतको रेकर्ड दिल्लीविरुद्ध नै छ । दिल्लीविरुद्ध पंजाबले १४ खेल जितेको छ । यी २ टिमबीच अहिलेसम्म भएका २४ खेलमा १४ पंजाबले र १० दिल्लीले जितेका छन् । गएको सिजनमा दुवैले एक अर्काविरुद्ध एक–एक खेल जितेका थिए ।

आज खेल हुने मैदानमा टस जित्ने टिमले पहिले ब्याटिङ गर्ने सम्भावना बलियो छ किनकि यहाँ पहिले ब्याटिङ गर्ने टिमको सफलता दर बढी छ । यो मैदानमा कून ६१ टि–२० भएका छन् जसमा पहिले ब्याटिङ गर्नेले ३४ र पहिले बलिङ गर्ने टिमले २६ खेल जितेका छन् । यहाँ पहिलो इनिङमा टिमको औसत स्कोर १४४ रन र दोस्रो इनिङमा टिमको औसत स्कोर १२२ रन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *