स्टोइनिसको धमाकेदार ब्याटिङ, पञ्जाबलाई १५८ रनको लक्ष्य
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई १५८ रनको लक्ष्य दिएको छ। दुबईमा भएको खेलमा दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो ।
टस हारेर ब्याटिङको निमे पाएको दिल्लीका लागि मार्कस स्टोइनिसले धमाकेदार ब्याटिङ गरे। उनले २० बलमा अर्धसतक पुरा गरे। २१ बल खेलेका उनले ५३ रन बनाएर रनआउट भए। यस्तै दिल्लीका कप्तान श्रेयस ऐरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाए भने अन्य खेलाडीले दोहोरो रन बनाउन समेत सकेनन्।
पञ्जाबका लागि मोहम्मद शामीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । यस्तै सेल्डन कोटरलले २ तथा रभि विश्नोइले १ विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment