सुपर ओभरमा पञ्जाबले बनायाे २ रन, दिल्ली विजयी

डिसी नेपाल
५ असोज २०७७ ०:०३

काठमाडौं । आइपीएलको दास्रो खेलमा दिल्ली विजयी भएको छ। सुपर ओभरमा ३ रनको लक्ष्य पाएको दिल्लीले सहज जित हासिल गरेको हो।

यसअघि १५८ रनको लक्ष्य पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। पञ्जाबका लागि मयंक अग्रवालले शानदार ब्याटिङ गर्दै ८९ रन बनाए। उनले ६० बलमा ७ चौका र ४ छक्का प्रहार गरे। दिल्लीका स्टोइनिस, रबाडा र अश्विनले २–२ विकेट लिए।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *