माइक समातेर हजारौं दर्शकअघि प्रस्तुति दिने दिन कहिले आउला?

डिसी नेपाल
५ असोज २०७७ ८:२६

काठमाडाैं। के माया लाग्छ र बोलको गीतले यूट्यूबमा १५ मिलियन बढी भ्यू पाइसकेको छ, टिकटक अनि जनजिब्रोमा टपक्कै बसेको यस गीतलाई लकडाउनमा लकडाउन गानका रुपमा नेपालीजनले धेरै माया गरे, धेरैले यस गीतलाई घरघरमा संवादमा समावेश गरे, फेसबुकका स्टाटस र गफगाफमा यस गीतका हरफहरुले औधी चर्चा पाए।

त्यसपछि अर्को गीत पनि आयो, जहाजै चढेर, परदेशमा रेहका नेपालीजनको नेपाल फर्कने उत्कट चाहनालाई प्रेमालाप संवादमा ढालिएको यस गीतले परदेशी समुदायमा निकै प्रशंशा पायो, अनि नेपालमा पनि राम्रो चर्चा र माया पायो।

यी दुवै गीतहरु फरक फरक धारका हुन्, के माया लाग्छ र एउटा रसिक गीत हो भनें जहाजै चढेर एउटा माया अनि सम्झनाको सांगीतिक मनोभाव हो। दुवै गीतहरु लकडाउन सारथीका रुपमा जनजिब्रोमा झुण्डिरह्यो, डिसी नेपालको द मास्क सिरिजमा यस पटक यि दुबै गीतका श्रष्टाहरु, अमृत क्षेत्री र अकिंत बाबु अधिकारीलाई निम्तो दिइएको छ।

द मास्क सिरिजमा कोरोना पछिको विश्व अनि मास्क भित्र लुकेका अनुहारका कथाहरु ल्याउने जर्मको गरिएको छ, प्रथम संस्करणमा ईनफ इज ईनफ अभियानका अभियन्ताहरुसंगको कुराकानी प्रस्तुत गरिएको थियो जस्लाई यहाँहरुले निकै रुचाउनुभएको थियो।

यसपटकको द मास्क सिरिजमा यी दुई श्रष्टाहरुसँग गरिएको मीठो अनौपचारीक कुराकानी, केही गीतहरु, गीत पछाडिका परिवेश अनि समग्र नेपाली समाजको प्रतिबिम्ब, हेर्न नुभल्नुहोला कार्यक्रम सहजकर्ता सुयोग ढकालको साथमा।

यस द मास्क सिरिजलाई नेपालको सर्वाधक ठूलो ई लर्निङ परिवार स्याटसमले प्रस्तुत गरेको छ, स्याटसममा एमबिबिएस, इन्जिनियरिङ, नर्सिङ लाइसेन्स र ब्रिज कोर्स अध्यनार्था हजारौं विद्यार्थीहरू अनलाइन अध्ययन गरिरहेका छन्।

भिडियाेमा हेर्नुस्  द मास्क सिरिज 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *