एउटै खेलाडी एउटै खेलमा २ पटक शून्य रनमा आउट, दुवै पटक बोल्ड !

डिसी नेपाल
५ असोज २०७७ ८:४३

काठमाडौं । आइपीएलको दोस्रो खेलमा दिल्ली विजयी भएको छ । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको दिल्लीले सहज जित हासिल गरेको हो । दिल्ली क्यापिटल्स र किंग्स ११ पंजाबबीचको यो खेलमा केही रोचक रेकर्डहरु बनेका छन् । यो अहिलेसम्म आइपिएलका खेलमा सबैभन्दा कम स्कोर बनेको सुपर ओभर हो । समग्र टि–२० मा भने बिग बाश लिगमा २०१४ मा सिड्नी सिक्सर्सले सुपर ओभरमा १ रन मात्र बनाउन सकेको थियो ।

यस्तै यो खेलमा पंजाबको तर्फबाट खेलेका वेष्ट इण्डिजका ब्याट्सम्यान निकोलस पुरन २ पटक शुन्य रनमा आउट भए । रोचक त के भने दुवै पटक उनी बोल्ड भएका थिए । पहिले पंजाबको इनिङमा शुन्य रनमा रजिचन्द्रन अश्विनको हातबाट बोल्ड भएका पुरन सुपर ओभरमा कागिसो रबाडाको हातबाट बोल्ड भए ।

यसअघि एउटै ब्याट्सम्यान २ पटक शुन्यमा आउट भएको घटना अस्ट्रेलियाको बिग बाश लिगमा भएको थियो । २०१४ को बिग बास लिगमा सिड्नी सिक्सर्सका मोइस हेनरिक्स नियमित इनिङमा जेसन बेहान्ड्रफको बलमा विकेटकिपर साम ह्वाइटम्यानको हातबाट क्याच आउट भएका थिए । यस्तै सुपर ओभरमा उनी यासिर अराफतको बलमा क्राइग सिमन्सको हातबाट क्याच आउट भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *