कायरोमा पनि मनाइयो संविधान दिवस, इजिप्टका राष्ट्रपतिद्वारा समृद्धिको कामना
काठमाडौं । नेपालको संविधान दिवस इजिप्टको कायोरामा पनि एक विशेष कार्यक्रमको आयोजना गरेर मनाइएको छ । नेपाली राजदूतावास कायरोको आयोजनमा शनिबार विविध कार्यक्रमहरुका साथ मनाइएको हो ।
इजिप्ट सरकारको स्वास्थ्य सुरक्षाको मापदण्डलाई मध्यनजर गर्दै संक्षिप्त रुपको कार्यक्रम राजदूत निवासमा आयोजना गरी मनाइएको हो । नेपालको राष्ट्रिय धुनबजाई शुरु गरिएको उक्त कार्यक्रममा इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालले नेपालको संविधानका विशेषताहरु तथा संविधान दिवसको महत्व बारेमा प्रकाश पारेका थिए ।
राष्ट्रिय झण्डा फहराई राजदूतावास परिसर तथा कूटनीतिक पदाधिकारीहरुका निवासहरुमा तीनदिनसम्म दीप प्रज्वलन गरिएको थियो।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई इजिप्टका राष्ट्रपति अव्देल फताहा अलसिसिले यस अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली जनताको सुख र समृद्धिको कामना गरेका थिए । उक्त संदेश इजिप्सियन राष्ट्रपतिका च्याम्वरलीन मोहम्मद याहियाले नेपाली राजदूत अर्याललाई टेलिफोन मार्फत अवगत गराउदै उच्च गन्तव्यमा पुर्याईदिन आग्रह गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment