काठमाडौं उपत्यकामा थपिए ६७४ संक्रमित, ४ जनाको मृत्यु
फाइल फाेटाे।
काठमाडौं । काठमाडौं उपत्यकामा साेमबार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २७४ महिला र ४०० पुरुष गरी थप ६७४ कोरोना संक्रमित थपिएका हुन्।
आज काठमाडौंमा ५३८ (२१३ महिला, ३२५ पुरुष), भक्तपुरमा ७४ (३० महिला, ४४ पुरुष) ललितपुरमा ६२ (३१महिला, ३१ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका दुई÷दुई महिला रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment