इङ्लिस प्रिमियर लिगको सुरुवाती खेलमा म्यान्चेष्टर सिटीको जित

डिसी नेपाल
६ असोज २०७७ १०:५७

काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यान्चेष्टर सिटीले जितसँगै सुरुवात गरेको छ । मंगलवार बिहान भएको खेलमा सिटीले उल्भ्सलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा केभिन डी ब्रुइन, फिल फोडिन र ग्याब्रियल जिससले एक एक गोल गरे । उल्भ्सका तर्फबाट राउल जिमेनेजले मात्र एक गोल फर्काए ।

पहिलो हाफको २० औं मिनेटमा सिटीका ब्रुइनले पेनाल्टी मार्फत गोल गर्दे सिटीलाई अग्रता दिलाए । लगतै खेलको ३२ औं मिनेटमा सिटीका फिल फोडिनले अर्को गोल गर्दे सिटीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० को अग्रता बनाएको सिटीका लागि तेस्रो गोल दोस्रो हाफको अतिरिक्त समयमा ग्याब्रियल जिससले गरे । उल्भ्सका लागि राउल जिमेनेजले दोस्रो हाफको ७८ औं मिनेटमा गरेका थिए ।

पहिलो खेलमा जित निकाल्दै सिटीले ३ अंक जोडेको छ । लिगको दोस्रो खेलमा हार ब्यहोरेको उल्भ्सको ३ अंक रहेको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *