बजार अनुगमन : पानीका जार, ट्याङ र स्यानिटरी प्याड नष्ट

डिसी नेपाल
६ असोज २०७७ १२:१७

काठमाडौं। मंगलबार आक्वा ककनी ब्राण्डका १८ वटा जार नष्ट गरिएको छ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले नयाँ बजार खुशिबु क्षेत्रमा गरेको अनुगमनका क्रममा बिनोद किराना पसलमा बेच्न राखिएका, थोत्रो भएर रङ्ग नै फेरिइसकेका, कुच्चिएका, लेवल मेटिएका, पानी भरेको मिति नभएका जार र पानी नष्ट गरेको हो। व्यापारी भन्दै थिए, हामीले कम्पनीलाई धेरै पटक भनेका हौं। कम्प्लेन सुनाएका हौं। तर के गर्नु टेर्दैनन्।’

यो दृश्य हेरिरहेका उपभोक्ता भन्दै थिए — हो त। जारको पैसा त हामीले तिरेको हो नि। आफ्नो पैसा खर्च गरेर उनीहरुले खटाएका सामान चलाउने? भन्न मात्रै सकेका थिएनौं। आज तपाईँहरुले ठीक गर्नुभयो। आज गरेर छोड्नु भयो भने भोलि उस्तै हुन्छ।’ उनीहरुको सुझाव थियो — यसलाई नियमित गर्नुपर्छ।’

यसै गरी चितवन दाजुभाइ ट्रेडर्सबाट ४७ प्याकेट म्याङ्गो ट्याङ, २७ प्याकेट अजिनामोटो र ४० थान स्टेफ्री नामका स्यानिटरी प्याड नष्ट गरिएको छ। यी सामानमध्ये ट्याङ र अजिनामोटोको उपभोग्य मिति मेटिएको थियो। भएको म्याद पनि अक्षर मेटिने थियो।

त्यस क्षेत्रमा भएका किराना पसलहरुको अनुगमन गर्दा म्याद गुज्रिएका सामान नहुने कुनै पसल थिएनन्। व्यापारीहरु आफैं भनिरहेका थिए। होलान् त्यस्तै १०÷१५ प्रतिशत म्याद सकिएका सामान के गर्नु र? लकडाउन छ।

कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, नगर प्रहरीका प्रतिनिधिको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *