नेइमार र काउटिन्हो विश्वकप छनौट टोलीमा

डिसी नेपाल
६ असोज २०७७ १३:२६

काठमाडौं । स्टार फुटबलर नेइमार र फिलिप काउटिन्होलाई विश्वकप छनौट खेलको लागि बाज्रिल टोलीमा समावेश गरिएको छ । यी दुई खेलाडीहरुले आगामी महिना हुने बोलिविया र पेरु विरुद्वको खेलमा खेल्नेछन ।

कोभिड १९ माहामारीको बेला युरोपमा क्लब स्तरका खेलाडीहरूले राष्ट्रिय टोलीमा उपस्थितिको लागि फिफाबाट आश्वासन पाएपछि नेइमार र काउटिन्हो सम्मिलित टोली शुक्रवार घोषणा गरिएको हो । ब्राजिलले आगामी ९ अक्टुवरमा बोलिविया र १३ अक्टुवरमा पेरु बिरुद्व खेल्नेछ । ब्राजिल, पेरू, कोलम्बिया र अर्जेन्टिना कोभिड १९ संक्रमणको मामिलामा विश्वको १० शीर्ष देशहरूमध्ये एक हो। प्रतियोगिता गत मार्चमा हुने तय भएपनि कोभिडको कारण स्थगित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *