घर–घरमा धारा पुगेपछि चैनबासीको मुहारमा खुशियाली

डिसी नेपाल
७ असोज २०७७ १७:३८

मुगु। जिल्ला सदरमुकाम गमगढीसँगै जोडिएको चैनगाँउका स्थानीयहरुमा खुशी छाएको छ।

पुरापूर्व कालदेखि गाँउबाट आधा घण्टाको दुरीमा रहेको चैनखोलामा रहेको परम्परारगत धाराको पानी उपभोग गर्दै आएका स्थानीयहरु घर–घरमा पानीको धारा आएपछि खुशी भएका छन्। स्थानीय सरकार र एक गैर सरकारी संस्थाको सहकार्यमा घर घरमा खानेपानीका धारा जडान गरिएको हो।

छायाँनाथ रारा नगरपालिका र ग्रामिण युवा समाज विकास केन्द ्र(हिरिसडेक)को सहकार्यमा नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तरगत वडा नं २ चैनगाँउका ४५ घर धुरीमा धारा जडान गरिएको छ।

चैनगाँउका घर–घरमा धारा पुर्याउन नगरपालिकाको मुहानदेखि आरबीटीसम्मको कामका लागि १० लाख ४ हजार र सहकार्य संस्था हिरिसडेकको आरबीटीबाट घरको धारासम्मको कामका लागि ७ लाख ७० हजार ६११ गरी कुल १७ लाख ७४ हजार ६११ लागतमा सो परियोजना सम्पन्न गरिएको चैनगाँउ एक घर एक धारा खानेपानी उपभोक्ता समितिका सचिव कृष्ण बहादुर हमालले बताए।

घरको आँगनमै पानी भर्न पाएपछि चैन गाँउकी ६२ वर्षीया अविसरा हमाल खुशी हुँदै भन्छिन्, ‘वर्षौदेखि आधा घण्टा टाढा हिँडेर घण्टौ लाईनमा बसी पानी ल्याउनु पथ्र्यो, यति समयसम्म कसैले हाम्रो दुःख देखेनन्, घर–घरमा धारा आएपछिमात्र सरकार घर आँउनमा आएको महशुस भयो।’

‘बुढेउली उमेरमा गाँउबाट टाढा रहेको खोलाको धारामा पानी लिन जाँदा चिन्ता मानी–मानी जानु पथ्र्याे कहाँ के समस्या आउने हो भनेर। अब घरमै पानी आयो खाना पकाउदै पानी भर्न सकिने भयो’, उनले भनिन्।

सोहि गाँउ कै सुनसाँङ्गली चौलागाई पनि घरमा पानीको धारा बनेपछि खुशी छिन्। घरको ओटाला मै पुगेको धारामा पानी भर्दै भन्छिन्, ‘खेत गह्रााबाट काम गरेर आएपछि घरबाट फेरी पानीका लागि खोलातिर जानुपर्ने र त्यहाँ पनि लाइनमा बस्नुपर्ने अवस्थाले सँधै पानी लिन जाँदा चिन्ता लाग्ने गथ्र्यो, कती दिन राति सम्म पानी बोक्नु पथ्र्यो अब ती दिनको अन्त्ये भएको छ, हामो्र दुःखलाई देखेर खानेपानीको योजना बनाउने वडा कार्यालय, नगरपालिका र हिरिसडेकलाई धन्यवाद छ।’

घरमा पुगेको धाराको टुटी खोलेर नगर प्रमुख हरिजंग शाहीले बुधबार उद्घाटन गरे पछि गाँउका ४५ घरपरिवारमा विधिवत रुपमा एक घर एक धारा पुगेको .घोषणा गरिएको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख हरिजंग शाहीले विगतका जुनसुकै व्यवस्थामा पनि केहिन केहि विकास भए पनि तिनीहरुको दिगोपन नहुँदा सँधै सरकारले उहि कामका लागि रकम खर्च गर्नु परेको तितो यर्थाथ रहेकाले आफ्नो नेतृत्वको स्थानीय सरकारले गर्ने जुनसुकै विकास योजनाको स्थायित्व र दिगोपनमा बढी ध्यानदिने गरेको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *