‘चीन अमेरिकाको लागि सबैभन्दा ठूलो प्रतिगुप्तचर खतरा’

डिसी नेपाल
९ असोज २०७७ १०:४५

काठमाडौं। अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआइ)का प्रमुख क्रिस्टोफर रेले चिनियाँ ह्याकरहरुले कोभिड–१९ को भ्याक्सिन, उपचार र प्रविधिको परीक्षण गरिरहेका अमेरिकी फर्महरुमाथि निरन्तर आक्रमण गरिरहेको बताउँदै चीन अमेरिकाको लागि सबैभन्दा ठूलो प्रतिगुप्तचर खतरा भएको औंल्याएका छन् । बुधबार अमेरिकाको सिनेट मातृभूमि सुरक्षा तथा सरकारी मामिलासम्बन्धी समितिमा बोल्दै रेले यस्तो बताएका हुन् ।

बेलायती म्यागजिन द हिलले रेलाई उद्धृत गर्दै लेखेअनुसार उनले भने ‘हामीले चिनियाँहरुको निकै आक्रामक गतिविधि देखिरहेका छौं । केही अन्य केसहरुबाहेक उनहिरुले कोभपड १९ को भ्याक्स्नि, उपचार र परीक्षण भइरहेका प्रविधिहरुलाई लक्ष्य बनाइरहेका छन् । केही केसहरुमा कुनै कम्पनीले वा अनुसन्धान संस्थानले नयाँ प्रगतिबारे काुनै घोषणा गर्न लागेका छन् भन्ने समाचार आयो र हामीले त्यो समाचारलाई पच्छ्यायौं भने हामीले चिनियाँ ह्याकरहरुको संलग्नता भेट्छौं जसले ती संस्थानलाई लक्ष्य बनाएर साइबर आक्रमण गरिरहेका हुन्छन् ।’

जसरी चिनियाँहरुले अमेरिकी कम्पनीहरुलाई निशाना बनाइरहेका छन् त्यसप्रति चिन्ता व्यक्त गर्दै एफबीआइ प्रमुख रेले भने ‘आफैंलाई प्रोत्साहित गर्नुको सट्टा उनीहरु अरुबाट सूचना चोरेर सबैभन्दा अगाडि पुग्ने प्रयास गरिरहेका छन् ।’ उनले चिनियाँहरुबाट अमेरिकी कम्पनीलाई लक्षित गर्दै भइरहेको काउन्टरइन्टेलिजेन्स आफ्नो एजेन्सीकोलागि मुख्य मुद्दा भएको बताउँदै एफबीआइले चिनियाँ सरकारका गतिविधिहरुका विषयमा २ हजार भन्दा बढी अनुसन्धानहरु गरिरहेको बताए । उनले चीनसँग सम्बन्धित आर्थिक जासुसीका अनुसन्धानहरु पनि पछिल्लो दशकभन्दा १३०० प्रतिशतले बढेको बताए ।

उनीहरुले अमेरिकी कम्पनी, अमेरिकी अनुसन्धान संस्थानहरुलाई मात्रै लक्ष्य बनाएका छैनन्, उनीहरुले केही हाम्रा नजिकका सहयोगीलाई पनि लक्ष्य बनाएका छन् र अमेरिकीहरुको व्यक्तिगत पहिचानसम्बन्धी सूचनाहरुलाई पनि लक्ष्य बनाइरहेका छन्’ उनले भने ‘चिनियाँहरुले यसअघि नै करिब आधा बयस्क अमेरिकीहरुको व्यक्तिगत पहिचानसम्बन्धी सूचना चोरी गरिसकेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *