उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले माफी मागे

डिसी नेपाल
९ असोज २०७७ १२:१८

काठमाडौं। उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले माफी मागेका छन् । किम जोंग उनले दक्षिण कोरियाका एक अधिकारीको हत्या गरेकोमा मार्फ मागेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । बाहिरी संसारमा निकै क्रुर रुपमा चित्रण गरिएका उत्तर कोरियाली नेता किमले यसरी माफी माग्नुलाई बीबीसीले ‘दुर्लभ’ घटना भनेको छ ।

समाचारका अनुसार किम जोंग उनले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जे इनसँग मार्फ माग्दै त्यो घटना हुन नहुने थियो भनेका छन् । दक्षिण कोरियाका अनुसार ४७ वर्षका ती व्यक्ति दक्षिण कोरियाबाट भागेर उत्तर कोरियातर्फ जान लागेका थिए जसलाई उत्तर कोरियाको समुद्रमा उत्तरतर्फका सुरक्षाकर्मीले भेटे । सियोलका अनुसार उनलाई पानीमा भेटेपछि गोली हानेर मारियो र उनको शव जलाइयो ।

दुई कोरियाबीचको सीमा क्षेत्रमा कडा सुरक्षा व्यवस्था छ र अहिले कोरोनाभाइरस महामारी देशभित्र प्रवेश गर्न नदिनको लागि उत्तर कोरियाले देश छिर्न खोज्नेलाई गोली हानेर मार्ने नीति लिएको विश्वास गरिएको छ । उत्तर कोरियाली नेताको माफी राष्ट्रपति मुन जे इनलाई एक पत्रको रुपमा पठाइएको र त्यसमा यो घटना हुनु नपर्ने भएको उल्लेख गरिएको एक अधिकारीले बताए ।

पत्रमा किमले आफू अत्यन्तै क्षमाप्रार्थी भएको र निराश भएको उल्लेख गरेको दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले ब्लु हाउसलाई बताएको समाचार एजेन्सी योनहापले जनाएको छ । उत्तर कोरियाले यो घटनाबारे थप विवरण जारी गर्दै ती व्यक्तिमाथि १० गोली प्रहार भएको जनाएको छ । उत्तरले आफूले ती अधिकारीको शव नजलाएको बताएको छ । स्मरण रहोस् दुई कोरियाको विभाजनपछि उत्तर कोरियाले दक्षिण कोरियालाई आफ्नो सबैभन्दा ठूलो शत्रु मान्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *