पाकिस्तानी प्रधानमन्त्री बोल्न थालेपछि भारतद्वारा राष्ट्र संघको महासभाबाट वाकआउट

डिसी नेपाल
९ असोज २०७७ २२:४४
4
Shares

नयाँ दिल्ली (एजेन्सी)। न्यूर्योकमा चलिरहेको सँयुक्त राष्ट्र संघको ७५ औं महासभामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सम्बोधन शुरु गरेपछि भारतीय प्रतिनिधिमण्डलले महासभाको सभाहल त्यागेका छन्।

भारत र पाकिस्तानबीच खराब सम्बन्ध रहेका बेला राष्ट्र संघमा पनि यो विवाद देखिएको हो।

कोरोना महामारीका कारण यो पटक महासभामा राष्ट्र तथा सरकार प्रमुखहरुको रेकर्ड गरिएको भाषण प्ले गरिएको छ भने न्यूयोर्कमा एक्जनामात्र प्रतिनिधिले देशको प्रतिनिधित्थ्व गर्दै आएका छन्।

जब सभाहलको स्क्रीनमा इमरान खानको भिडियो प्ले भयो त्यहाँ रहेका भारतीय प्रतिनिधिले हल छोडेको भिडियोमा सामाजिक सञ्जालमा देखिएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतमा मुस्लिम अल्पसंख्यकमाथि ज्यादती भएको विषय र जम्मू कश्मीकारको मुद्दा उठाएको जनाएइको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *