भारतमा काम गर्न गएको नेपाली परिवारकी ४ वर्षकी छोरीमाथि घरमै बलात्कारको प्रयास

डिसी नेपाल
१० असोज २०७७ ९:३७

काठमाडौं। भारतमा काम गर्न गएको एक नेपाली परिवारकी ४ वर्षकी नाबालिका छोरीमाथि बलात्कारको प्रयास भएको छ । बलात्कार प्रयास अभियोगमा ४७ वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको टाइम्स अफ इण्डियाले जनाएको छ । राजस्थानको अलवर जिल्लाको नीमराना पुलिस स्टेशन अन्तर्गतको क्षेत्रमा घटना भएको हो ।

नीमरानाका डिएसपी लोकमेश मीणाले टाइम्स अफ इण्डियासँग भने ‘आरोपी ती बालिकाको परिवार बस्ने घरमै बस्ने । बालिकाको परिवार आप्रवासी कामदार हुन् । बिहीबार ती बालिका बार्दलीमा खेलिरहेको बेलामा आरोपीले उनलाई देख्यो र उनलाई यौनशोषणको नियतले आफ्नो कोठामा लिएर गयो ।’

समयमै बालिकाकी आमा बालिकालाई खोज्दै बार्दलीमा गएका बेला उनलाई आरोपीको कोठामा देखेपछि बालिका जोगिन सफल भएकी डिएसपी मीणाले बताए । बालिकाकी आमाले देखेपछि आरोपी घटनास्थलबाट भागेका थिए । बिहीबार अबेर राती उनलाई पुलिसले पक्राउ गरेको छ । तीन सदस्यीय चिकित्सक प्यानलले बालिकाको मेडिकल जाँच गरेको समाचारमा जनाइएको छ । ती आरोपी त्यो भवनको केयरटेकर भएको बताइएको छ । उनीविरुद्ध पोक्सो कानुनअन्तर्गत मुद्दा दर्ता गराइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *