भारतमा नौ लाख ६० हजार जना अझै पनि सङ्क्रमित अवस्थामै

डिसी नेपाल
१० असोज २०७७ १६:०८

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट कूल सङ्क्रमितमध्ये नौ लाखभन्दा बढी अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन् ।

भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कूल ५९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

भारतमा कोरोनाकै कारणले अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या ९३ हजार ३७९ पुगेको छ । तीमध्ये एक हजार ८९ सङ्क्रमितको पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएको हो । कोरोना भाइरबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भारतमा ४८ लाख ४९ हजार ५८५ रहेको छ ।

प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ भने त्यसपछि क्रमशः कर्नाटक, अन्द्र प्रदेश, उत्तर प्रदेश र तमिल नाडु अग्रस्थानमा रहेका छन् । भारतको मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म सात करोड दुई लाख ६९ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *