बिना शर्त किम जोंग उनसँग भेट्ने जापानका नयाँ प्रधानमन्त्रीको इच्छा

डिसी नेपाल
१० असोज २०७७ १६:१८

काठमाडौं। जापानका नवनिर्वाचित प्रधानमन्त्री योशिहिदे सुगाले उत्तर कोरियाली नेता किम जोंग उनसँग भेट्ने इच्छा देखाएका छन् । संयुक्त राष्ट्रसंघमा जापानको प्रधानमन्त्रीको रुपमा सहभागी भएका सुगाले यस्तो बताएका हुन् ।

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले आफ्नो कार्यकालमा उत्तर कोरियासँग आफ्ना नागरिकको अपहरणको मुद्दा र उत्तर कोरियाली परमाणु हतियार कार्यक्रमका सम्बन्धमा विवाद समाधान गर्ने प्रयास गरेका थिए तर यो पूरा हुन नपाउँदै स्वास्थ्यका कारण उनले राजीनामा दिए ।

सुगाले जापान र उत्तर कोरियाबीच रचनात्मक सम्बन्ध स्थापित गर्दा यसले २ देशका कैयौं मुद्दाको हल निस्किने मात्र नभइ क्षेत्रीय शान्ति र स्थिरतामा पनि यसको योगदान हुने बताए । न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको वार्षिक सम्मेलनमा पठाइएको रेकर्डेड सन्देशमा सुगाले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *