प्रा डा मेदनी भण्डारी अन्तर्राष्ट्रियस्तरको पत्रिकाको सम्पादक नियुक्त

डिसी नेपाल
११ असोज २०७७ २२:४८

वाशिंगटन डिसी। प्रसिद्ध पर्यावरण वैज्ञानिक तथा साहित्यकार प्राध्यापक डा मेदनी प्रसाद भण्डारी एशिया वातावरणीय दैनिकको कार्यकारी बोर्ड सदस्य र प्रबन्ध संपादकको जिम्मेवारी पाएका छन्।

एशिया वातावरण दैनिक वातावरणका क्षेत्रमा एक चर्चित र प्रतिष्ठित पत्रिका हो। एशिया वातावरणीय दैनिक, अनलाइन पत्रिका हो जसले वातावरणीय मुद्दाहरू, वातावरणीय प्रविधि र सेवाहरू, पूर्वाधार विकास, स्वच्छ ऊर्जा, र एशिया प्रशान्त क्षेत्रमा वातावरणीय सफाईका विषयलाई कभर गर्दछ।

हंगकंगमा मुख्यालय रहेको यो संस्थाको शाखा अफिसहरु बेइजिंग र न्यूयोर्क शहरमा पनि रहेका छन्।

प्रा डा मेदनी भण्डारी विश्वव्यापी रूपमा परिचित पर्यावरणवादी र मानववादी विज्ञ हुन्। उनी विश्व प्रसिद्ध पत्रिका ऊर्जा र वातावरणको लागि रणनीतिक योजनाका प्रमुख सम्पादक पनि हुन्।

प्रा डा भण्डारीले विभिन्न अन्तर्राष्ट्रिय पत्रिकामा सयौं वैज्ञानिक कार्यपत्र प्रकाशित गर्नुका साथै जलवायु परिवर्तन र वातावरणीय मुद्दाहरूमा अनेक पुस्तकहरू प्रकाशित गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *