८९ वर्षे श्रमिकले जब १२ हजार डलर टिप्स पाए

डिसी नेपाल
१२ असोज २०७७ ७:१२

वासिंटन। गाडी चलाएर पिज्जा डेलिभरी गर्दै हिँड्ने एक वृद्ध श्रमिकले आफ्नो ८९ वर्षको उमेरमा कहिल्यै नसोचेको उपहार हात पारेका छन् । डेर्लिन नेवे नाम गरेका ती वृद्धको पछिल्लो मंगलबार कहिल्यै नसोचेको खुसी र उमंग बोकेर आयो । सधैँ कठिन र नियमित काम गरिरहने उनले सधैँ जस्तो सोचेर मंगलबार पनि भल्देज परिवारको ढोका ढक्ढक्याउन पुगे । पिज्जा सहित त्यहाँ पुग्दा अविश्वसनीय उपहार पाएका थिए।

नेवे पापा जोन्सका लागि पिज्जा डेलिभरीको काम गर्छन् । हरेक हप्ता ३० घण्टा काम गर्छन् उनी । यसवाहेक उनी टिकटकमा उदाउँदै गरेका सानोतिनो स्टार पनि हुन् । र टिकटकबाटै आफ्ना ग्राहकसँग कनेक्ट हुन्छन् । भल्देज परिवारले सधैँ पिज्जा अर्डर गर्ने बेला भिडियो रेकर्ड गर्छ र सामाजिक सञ्जालमा सार्वजनिक गर्छ ।

‘ऊ पागल हो । हरेकले उसलाई माया गर्छन्,’ कार्लोस भल्देजले भने । तर डेलिभरीको क्रममा ग्राहकलाई सोध्ने नेवेको एउटा आफ्नै तरिका छ । ‘हेल्लो, तपाईँ केही पिज्जा खोज्दै हुनुहुन्छ रु’ यो उनको ‘सिग्नेचर’ प्रश्न हो ।

यस्तो सोधेको भिडियो सामाजिक सञ्जालमा आउँदा उनका ५३ हजार फलोअर्सले उनलाई यति वृद्ध उमेरमा पनि किन यस्तो काम गरिराखेको भनेर सोधिरहन्थे । उनलाई परिवारले यस्तो काम गर्न रोक्न खोजे पनि उनी निरन्तर पिज्जा बेच्न सक्रिय छन् ।

यतिकैमा ‘टिकटक फेमिली’ ले भित्रभित्र उनलाई थाहै नदिएर उनका लागि केही रकम डोनेशन संकलन गर्न थालिसकेको थियो । यसरी छोटो समयमा उनीहरुले १२ हजार अमेरिकी डलर संकलन गरिसकेछन् । जुन रकम नेवेलाई भल्देज फेमिलीले पिज्जा डेलिभरी गर्न गएका बेला अचानक हस्तान्तरण गरे ।

‘धन्यवाद भन्दा वाहेक अरु के भन्ने मलाई थाहा छैन,’ नेवेले भने । भल्देज फेमिलीले उनका लागि उक्त रकम खाँचो हुनसक्ने र यो एक सम्मान पनि भएको भन्दै हस्तान्तरण गरेको बताएको छ । उक्त पैसासँगै परिवारले उनलाई सर्पाइज दिन ‘हेल्लो तपाईँ केही पिज्जाको खोज्दै हुनुहुन्छ ?’ भनेर लेखिएका टिशर्ट पनि दिएको खबर आजको अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *