८९ वर्षे श्रमिकले जब १२ हजार डलर टिप्स पाए
वासिंटन। गाडी चलाएर पिज्जा डेलिभरी गर्दै हिँड्ने एक वृद्ध श्रमिकले आफ्नो ८९ वर्षको उमेरमा कहिल्यै नसोचेको उपहार हात पारेका छन् । डेर्लिन नेवे नाम गरेका ती वृद्धको पछिल्लो मंगलबार कहिल्यै नसोचेको खुसी र उमंग बोकेर आयो । सधैँ कठिन र नियमित काम गरिरहने उनले सधैँ जस्तो सोचेर मंगलबार पनि भल्देज परिवारको ढोका ढक्ढक्याउन पुगे । पिज्जा सहित त्यहाँ पुग्दा अविश्वसनीय उपहार पाएका थिए।
नेवे पापा जोन्सका लागि पिज्जा डेलिभरीको काम गर्छन् । हरेक हप्ता ३० घण्टा काम गर्छन् उनी । यसवाहेक उनी टिकटकमा उदाउँदै गरेका सानोतिनो स्टार पनि हुन् । र टिकटकबाटै आफ्ना ग्राहकसँग कनेक्ट हुन्छन् । भल्देज परिवारले सधैँ पिज्जा अर्डर गर्ने बेला भिडियो रेकर्ड गर्छ र सामाजिक सञ्जालमा सार्वजनिक गर्छ ।
‘ऊ पागल हो । हरेकले उसलाई माया गर्छन्,’ कार्लोस भल्देजले भने । तर डेलिभरीको क्रममा ग्राहकलाई सोध्ने नेवेको एउटा आफ्नै तरिका छ । ‘हेल्लो, तपाईँ केही पिज्जा खोज्दै हुनुहुन्छ रु’ यो उनको ‘सिग्नेचर’ प्रश्न हो ।
यस्तो सोधेको भिडियो सामाजिक सञ्जालमा आउँदा उनका ५३ हजार फलोअर्सले उनलाई यति वृद्ध उमेरमा पनि किन यस्तो काम गरिराखेको भनेर सोधिरहन्थे । उनलाई परिवारले यस्तो काम गर्न रोक्न खोजे पनि उनी निरन्तर पिज्जा बेच्न सक्रिय छन् ।
यतिकैमा ‘टिकटक फेमिली’ ले भित्रभित्र उनलाई थाहै नदिएर उनका लागि केही रकम डोनेशन संकलन गर्न थालिसकेको थियो । यसरी छोटो समयमा उनीहरुले १२ हजार अमेरिकी डलर संकलन गरिसकेछन् । जुन रकम नेवेलाई भल्देज फेमिलीले पिज्जा डेलिभरी गर्न गएका बेला अचानक हस्तान्तरण गरे ।
‘धन्यवाद भन्दा वाहेक अरु के भन्ने मलाई थाहा छैन,’ नेवेले भने । भल्देज फेमिलीले उनका लागि उक्त रकम खाँचो हुनसक्ने र यो एक सम्मान पनि भएको भन्दै हस्तान्तरण गरेको बताएको छ । उक्त पैसासँगै परिवारले उनलाई सर्पाइज दिन ‘हेल्लो तपाईँ केही पिज्जाको खोज्दै हुनुहुन्छ ?’ भनेर लेखिएका टिशर्ट पनि दिएको खबर आजको अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment