घरबेटीले छिर्न नदिएपछि पीसीआर गराउन अस्पतालको गेटमै बास (फोटो फिचर)

डिसी नेपाल
१३ असोज २०७७ १०:४५

काठमाडौं। मंगलवार दिउँसो टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको गेटमा पुग्दा केही मानिसहरु अस्पतालको ढोकादेखि बाहिर बाटोसम्म बसेका थिए के रहेछ भन्ने मनमा उत्सुकता जाग्यो। नजिकै करिव २० बर्षदेखि पसल खोलेर ब्यवसाय गरिरहेका एक दिदीलाई सोध्यौं- जवाफ आयो ती मानिसहरु काठमाडौंमा ठेलागाडामा फलफुल बेच्ने, फ्रिज, पंखा जस्ता ईलेक्ट्रोनिक सामानहरु मर्मत गर्ने लगायत अन्य स–साना कामहरु गर्ने मानिसहरु रहेछन्। जुन भारतको बिभिन्न ठाँउ र नेपालको तराईको बिभिन्न भू–भागहरुबाट आएका रहेछन्।

नेपालमा लकडाउन सुरु भएपछि कामहरु ठप्प भएका कारण ती कामदारहरु घर फर्केका रहेछन्। तर लकडाउन खुकुलो भएसँगै उनीहरू रोजगारको लागि पुनः काठमाडौं फर्केका रहेछन्। विभिन्न समस्याहरु झेल्दै काठमाडौं आइपुगेका ती कामदारहरु कोठा भाडामा लिएर बस्दा रहेछन्। तर घरबेटीले पीसीआर परीक्षण नगराई घर पस्न नदिएपछि दिनरात अस्पताल गेटमै बसेर पीसीआर गराउन लाईनमा बसेका रहेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *