विश्वको कोरोना : निको हुनेको संख्या बढ्दै, मृतकको संख्या १० लाख १८ हजार

डिसी नेपाल
१५ असोज २०७७ ८:०९

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख भन्दा धेरै पुगेको छ। निको हुनेको संख्या २ करोड ५४ लाख २० हजार भन्दा धेरै छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार भन्दा धेरै पुगेको छ।

यसैबीच इजराइलमा सरकारले कोरोना जोखिम क मगर्न लगाएको प्रतिबन्ध विरुद्ध सर्वसाधारणले प्रदर्शन गर्न सुरु गरेका छन्। प्रदर्शनकारीले सरकारले कोरोना भाइरस रोकथामको नाममा मनोमानी ढंगले प्रतिबन्ध लगाएको आरोप लगाएका छन्।

प्रदर्शनकारीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको राजीनामा समेत माग गरेका छन्। तर सरकारले कोरोना रोकथामका लागि कडा रुपमा प्रस्तुत भएको छ। संसदबाट एउटा कानुन पारित गरिएको छ। उक्त कानुन अनुसार अब यस्ता विरोध प्रदर्शन गैरकानुनी हुन्छन् र प्रदर्शनकारीलाई पक्राउ गर्न सकिनेछ।

नयाँ कानुन अनुसार सर्वसाधारणले एक किलोमिटर भन्दा धेरै यात्रा गर्नसमेत पाउन छैनन्। त्यो बाहेक २० जना भन्दा धेरै मानिस भेला हुन पाइने छैन। इजराइल सरकारले कोरोना विरुद्धको भ्याक्सिन नआएसम्म संक्रमणको दोस्रो लहरको खतरा भएका कारण सावधानी अपनाउन भनिएको छ।

उता स्पेनको राजधानी मेड्रिडमा सरकारले केही हटस्पटको पहिचान गरेको जनाएको छ। स्पेन सरकारले बिना लकडाउन कोरोना नियन्त्रण गर्न संभव नहुने जनाएको छ। तर स्थानीय प्रशासन र सर्वसाधारणले भने सरकारको यो कदमको विरोध गरेका छन्। स्पेनमा दुई हप्ताभित्र एक लाख ३३ हजार भन्दा धेरै संक्रमित फेला परेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *