कहाँ पुग्यो काँग्रेसको विवाद ?

खेमराज थापा
१८ असोज २०७७ १८:५४

काठमाडौं। सभापति शेरबहादुर देउवाले फागुनमा महाधिवेशन नगर्ने रणनीति बनाएको आशंका, महाधिवेशन कब्जा गर्ने गरी विभाग गठन र क्रियाशिल सदस्यता वितरणमा जथाभावी गरेको आशंका र भातृ संस्थाको पदावधि थप्दा सल्लाह नगरेको असन्तुष्टिले नेपाली काँग्रको संस्थापन इतर समूह सभापति देउवासँग चिढिँदै गएको बेला यही असोज १२ गते इतर समूहले पार्टीका कार्यालयमा १६ बुँदे असहमति पत्र नै बुझायो।

वरिष्ठ नेता रामचन्द्र पौडेलको अगुवाईमा रहेको समूहले लिपिवद्ध गरेर उनीहरुकै शब्दमा ‘अवैधानिक गतिविधि’प्रति असहमति जनाउँदै विरोध पत्र बुझाएपछि काँग्रेस भित्रको विवाद सतहमा आएको थियो। विरोध पत्र बुझाउँदा असन्तुट समूहले पार्टीको केन्द्रीय कार्यसमिति अगाडि (७ दिन) यी समस्या समाधान गर्न अल्टिमेटम दिएको थियो। १९ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक कोरोना संक्रमणका कारण २५ गतेका लागि सरेको छ।

त्यो बैठक अघि विवाद समाधान गर्ने गरी छलफल भइरहेको दुबै पक्षका नेताहरुले जनाएका छन्। सभापति देउवा निकट मानिएका सहमहामन्त्री डा. प्रकाशसरण महतले छलफल सकारात्मक रुपमा अगाडि बढेको बताए। उनले डिसी नेपालसँग भने, ‘शनिबार बुढानिलकण्ठमा वरिष्ठ नेता, महामन्त्रीसहितको छलफल भएको थियो। उहाँहरुको आशंका राखेका सबै बुँदामहा छलफल भयो। आज (आइतबार) टुंग्याउने भन्ने थियो, कोरोना संक्रमण देखिएपछि छलफल हुन सकेन।’ उनले छलफल सकरात्मक रुपमा अगाडि बढेको बताए।

उता पौडेल समूहले सभापति देउवाका ‘अवैधानिक गतिविधि’को सूची निर्माण गर्न गठन गरेको कार्यदलका संयोजक रहेका केन्द्रीय सदस्य गुरु घिमिरेले छलफल सकरात्मक रुपमा अगाडि बढेको बताए। उनले डिसी नेपालसँग भने, ‘७ दिनको अल्टिमेटम केन्द्रीय कार्यसमितिको बैठकको मितिलाई हेरेर दिइएको हो। अब बैठक २५ गते बस्ने भएकाले त्यो भन्दा अगाडि विवाद समाधान हुन्छ होला।’ उनले पार्टीलाई जोगाउने धेरै जिम्मेवारी सभापतिको भए पनि केही जिम्मेवारी आफूहरुको पनि हुने बताए। उनले छलफल सकरात्मक रुपमा अगाडि बढेकाले आफूहरु विश्वस्थ रहेको बताए।

पौडेल समूहको सबैभन्दा धेरै आशंका व्यक्तिगत रुपमा अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेका नेताहरुलाई पार्टीको क्रियाशिल सदस्यता वितरण गर्न दिउकोमा छ। व्यक्तिगत रुपमा क्रियाशिल सदस्यता वितरण गरे स्थानीय तहदेखि नै पौडेल समूहलाई पाखा लगाउन देउवा समूह सक्रिय हुने उनीहरुको आशंका छ। सहमहामन्त्री डा. महतले यो आशंका मेट्ने गरी छलफल भएको बताए। उनले भने, ‘खासै ठूलो विवादको कुरा थिएन, उहाँहरुको आशंका थियो, आशंका मेटेपछि समस्या सकिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *