नुवाकोटमा एकैदिन ८ जनामा कोरोना संक्रमण

डिसी नेपाल
१८ असोज २०७७ २०:०७

नुवाकोट। नुवाकोटमा आइतबार ८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार थप आठ जना संक्रमितमध्ये तीन महिला र पाँच पुरुष रहेका छन्।

उनीहरु बेलकोटगढी नगरपालिकाका एक ६० वर्षिया महिला र विदुर नगरपालिकाका ३४ वर्षीया एक महिला त्यस्तै २१, ३१ र ३३ वर्षीय तीन पुरुष रहेको जनाइएको छ।

यस्तै, तारकेश्वर गाउँपालिकाका १५ वर्षिया एक महिला र २८ वर्षीय एक पुरुषमा पनि सङ्क्रमण देखिएको छ भने तादी गाउँपालिकाका ७७ वर्षीय एक वृद्धमा पनि सङ्क्रमण देखिएको छ।

योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या नुवाकोटमा १ सय ५० पुगेको छ। नुवाकोटमा हालसम्म १ सय १९ जना कोरोना संक्रमित निको भइ घर फर्किसकेका छन्।

हाल जिल्लास्थित त्रिशुली अस्पतालको आइसोलेसनमा १७ जना र खरानिटार अस्पतालमा १ जना उपचाररत रहेको घिमिरेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *