पाँच नम्बर प्रदेशको राजधानी भालुवाङ बनाउने निर्णयको मुख्यमन्त्रीद्वारा बचाउ
काठमाडौं। पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ सार्ने निर्णयको बुलटलमा विरोध भइरहेका बेला पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारको निर्णयका बचाउ गरेका छन्।
मुख्यमन्त्री पोखरेलले सोमबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारको निर्णयको बचाउ गरेका हुन्। उनले लेखेका छन्, ‘हिजाको अखण्ड लम्बिनीको भावना वृहत्तर लुम्बिनीमा रुपान्तर हुँदैछ। हिजोको ६ जिल्लामा सीमित लुम्बिनी आज १२ जिल्लामा विस्तारित हुँदै सिंगो प्रदेशबासीको गौरवको विषय बन्दैछ।’
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने सहमति भएपछि पाँच नम्बर प्रदेशको मन्त्रिपरिषदले सोही निर्णय गरेको थियो।
राजधानी सार्ने निर्णय भएपछि अहिले बुटवलमा दैनिक विरोध प्रदर्शन भइरहेका छन्। आइतबार साँझ मुख्यमन्त्री पोखरेल सवार सवारी साधनमा ढुंगा मुढा प्रहार भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment