बेङलोर बिरुद्व दिल्लीको विशाल जित, जितसँगै दिल्ली शिर्ष स्थानमा उक्लियो

डिसी नेपाल
१९ असोज २०७७ २३:२८

काठमाडौं । ईन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर बेङलोर बीच भएको खेलमा दिल्ली ५९ रनले विजयी भएको छ । दुबईमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १९६ रन बनायो । दिल्लीको लागि पाचौं नम्बरमा ब्याटिङ गर्न आएका मार्कस स्टोनिसले सर्बाधिक अविजित ५३ रनको पारी खेले । उनले मात्र २६ बलमा ६ चौंका र २ छक्काको मद्दतले ५३ रन बनाए । दिल्लीका अन्य खेलाडीहरुमा ओपनर पृथ्वी सवले ४२, अर्का ओपनर शिखर धवनले ३२, विकेट किपर रिशव पन्तले ३७ र कप्तान श्रेयस अयरले ११ रनको योगदान दिए । बेङलोरका तर्फबाट बलिङमा मोहम्मद शिराजले २, ईसुरु उडाना तथा मोईन अलीले समान एक एक विकेट लिए ।

एक सय ९७ रनको लक्ष्य लिएर मैदानमा आएको बेङलोरका खेलाडीहरु दिल्लीको धारिलो बलिङ सामु निरिह सावित भए । बेङलोरको तर्फबाट कप्तान विराट कोहलीको सर्वाधिक ४३ रन बाहेक अन्य खेलाडीहरुले खासै योगदान दिन सकेनन । दिल्लीको जितमा कागिसो रवाडाले सवाधिक ४ विकेट लिए । उनले ४ ओभरमा मात्र २४ रन खर्चिए । दिल्लीका अन्य बलरहरुमा अक्सर पटेल तथा एनरिच नोर्तजेले समान २–२ विकेट लिए । यो जितसँगै दिल्ली अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *