कोहलीद्वारा आईसीसीको कोभिड–१९ प्रोटोकल उल्लघंन

डिसी नेपाल
२० असोज २०७७ ०:१२

काठमाडौं । युएईमा जारी आईपीएलमा भारतीय कप्तान विराट कोहलीले अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को कोभिड–१९ प्रोटोकल उल्लघंन गरेका छन । आईपीएलमा बेङलोरका कप्तान रहेका कोहलीले दिल्ली बिरुद्वको खेलमा उक्त प्रोटोकल उल्लघंन गरेका हुन ।

सोमबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्ली बिरुद्वको खेलमा सर्ट कभरमा फिल्डिङ गर्ने क्रममा कोहलीले आफु तर्फ तिव्र गतिमा आईरहेको बललाई रोके अनी त्यो बलमा र्‍याल लगाए । यो घटना दिल्ली बिरुद्वको पारीमा तेस्रो ओभरमा घटयो । जब ओपनर ब्याटसम्यान पृथ्वी सावले तीव्र गतिका बलर नवदीप सैनीको ओभरको तेस्रो बललाई ड्राईभ गरेका थिए । त्यसपछि कोहलीले तुरुन्त आफ्नो गल्ती महसुस गरे र आफ्नो हात उचालेर गल्ती स्विकार गरे।

गतहप्ता राजस्थान रोयल्सका ब्याटसम्यान रोबिन उथप्पाले कोलकाता नाइट राइडर्स बिरुद्वको खेलमा फिल्डिङ गर्ने क्रममा बलमा र्‍याल लगाएका थिए । कोविड– १९ महामारीको कारण आईसीसीले गत जून महिनामा बल चम्काउन र्‍यालको प्रयोगमा प्रतिबन्ध लगाएको छ। आईसीसी दिशा निर्देशहरुमा भनिएको छ, ‘एक टोलीलाई प्रत्येक इनिङमा दुई पटक चेतावनी जारी गर्न सकिन्छ, तर बलमा र्‍यालको निरन्तर प्रयोग गरेको खण्डमा ५ रनको पेनाल्टी जरिवाना लगाइनेछ।’ बलमा र्‍याल प्रयोग भएका अम्पायरहरूले बल राम्ररी सफा गर्नुपर्छ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *