ह्याट्रिक जितका साथ रियाल म्याड्रिड शीर्षमा

डिसी नेपाल
२० असोज २०७७ १२:५१

काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले ला लीगा सिजन २०२०–२१ को आफ्नो तेस्रो खेलमा लेभान्टेलाई २–० ले पराजित गरेको छ । म्याड्रिडको लगातार यो तेस्रो जित हो, र जितसँगै टोली अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । बीबीसी रिपोर्टका अनुसार रियल म्याड्रिडले आफ्नो पहिलो खेलमा रियल बेटिसलाई ३–२ र रियल भालाडोलिडलाई १–० ले पराजित गरेको थियो। म्याड्रिडको चार खेलबाट १० अंक भएको छ र टोली अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ ।

विजेता म्याड्रिडका लागि ब्राजिलका फोरवर्ड भिन्सिअस जुनियरले खेलको १६ औं मिनेटमा पहिलो गोल गरे। यो भिन्चियसको लगातार दोस्रो गोल हो। उनले यसअघिका खेलमा पनि रियल व्लालाडोलिड बिरूद्ध १ गोल गरेका थिए म्याड्रिडले खेल १–० ले जितेको थियो ।

भिन्सिअसको गोलपछि म्याड्रिड टोली मध्यान्तरको समय सम्म १–० ले अगाडी थियो । दोस्रो हाफको निर्धारित समय सम्म पनि टोलीले एक गोलको अग्रता लिएको थियो। त्यसपछि करीम बेन्जेमाले अतिरिक्त समयमा अर्को गर्दे म्याड्रिडलाई २–० को जित दिलाए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *