आइपिएलमा सट्टाबाजी गरेको अभियोगमा धनगढीमा एक पक्राउ

डिसी नेपाल
२० असोज २०७७ १३:२७
156
Shares

कैलाली । ईन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टाबाजी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित प्रितत ट्रेडिङ एण्ड सप्लायर्सका संचालक ३७ वर्षीय संजिब गुप्तालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आइपीएलमा कुनै खेलाडी आउट भएमा, रन बनाएमा, चौका छक्का भएमा, विकेट गएमा टिमले जितेमा वा हारेमा समेत अनलाईन मार्फत रकम दाउमा लगाई धनगढी बजारका विभिन्न व्यक्तिहरुलाई सट्टाबाजी खेल खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सट्टाबाजीमा प्रयोग भएको २ थान मोबाइल सहित उनलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत कैलालीबाट जुवा मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *