के हो ‘लङ कोभिड’ ? वैज्ञानिकले कोरोनाबाट भएका मृत्यु भन्दा खतरनाक किन भन्दैछन्

डिसी नेपाल
२० असोज २०७७ १७:०९

काठमाडौं। स्वास्थ्य विशेषज्ञहरुले ‘लङ कोभिड’ भविष्यमा निकै जटिल स्वासथ्य समस्या बन्न सक्ने चेतावनी दिएका छन् । ‘लङ कोभिड’ त्यो स्थिति हो जतिबेला कोरोनाभाइरस संक्रमित भएर निको भइसकेका बिरामीको शरीरमा विभिन्न प्रकारका समस्या देखिन्छन् । यी समस्याहरु कोभिड–१९ नेगेटिभ भएपछि पनि महिनौंसम्म रहन्छन् । बेलायतका प्रमुख स्वास्थ्य विशेषज्ञहरुका अनुसार यो कोरोनाका कारण भएका मृत्युभन्दा अझै खतरनाक हुन सक्छ किनकि यस्ता मानिसहरुको संख्या निकै धेरै हुनेछ जो कोरोनाबाट ज्यान बचाएपछि पनि कैयौं किसिमले बिरामी नै रहनेछन् ।

यस्ता कैयौं मानिसहरु अस्पताल जान पनि लायक हुने छैनन् । अहिले कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या निकै तीब्र गतिमा बढिरहेको छ र कूल कति मानिसहरु यसबाट संक्रमित हुन्छन् भन्ने थाहा हुन सकेको छैन । यसका कारण लङ कोभिडको शिकार हुने मानिसहरुको संख्या पनि बढ्दै जानेछ । यति ठूलो संख्यामा मानिसहरुलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन कैयौं देशहरुको लागि निकै कठिन हुनेछ ।

बेलायतका चर्चित वैज्ञानिक टिम स्पेक्टरका अनुसार कोरोनाभाइरसले धेरै मानिसहरुको रोग प्रतिरोधी प्रणालीलाई प्रभावित पार्न सक्छ जसबाट उनीहरुको शरीरका कैयौं अंग प्रभावित हुन सक्छन् । कोरोनाबाट ठिक भएपछि पनि यी मानिसहरुलाई सासको समस्या, लगातार थकान र दिमागी समस्या भइरहनेछन् । यो सब कैयौं महिनासम्म चलिरहन्छ । किंग्स कलेज लण्डनका अनुसन्धानकर्ताहरुले अध्ययनमा पाएअनुसार कोरोनाबाट संक्रमित हरेक १० जनामध्ये एक जनालाई लङ कोभिडको समस्या हुन्छ ।

अनुसन्धानकर्ताहरुले करिब ४० लाख मानिसहरुको तथ्यांकको विश्लेषण गरेका छन् । हरेक ५० मध्ये १ व्यक्तिलाई ३ महिनापछि पनि लङ कोभिडसँग जुधिरहेको पाइएको थियो । अनुसन्धानमा पाइएअनुसार महिलाहरु लङ कोभिडसँग धेरै जुध्छन् र औसतमा ४५ वर्षका मानिसहरुलाई लङ कोभिडको खतरा अधिक हुन्छ । बेलायतको टोनी ब्लेयर इन्स्टिच्युट फर ग्लोबल चेन्जका अनुसार लङ कोभिडको बारेमा अधिक जानकारी आम मानिसहरुसम्म पुर्याउन सरकारले अधिका काम गर्नुपर्ने आवश्यकता छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *