क्रिकेट खेलाडी ललित भण्डारी अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
२० असोज २०७७ १९:३०

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन । गत महिना कञ्चनपुरको शुक्लाफाटामा ट्रकले ठक्कर दिएर घाईते भएका भण्डारीलाई उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको थियो ।

एक महिना अस्पतालमा रहेका भण्डारीको स्वास्थ्य अवस्था सामान्य हुदै गएपछि मंगलवार उनको डिस्चार्ज गरिएको हो । भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँहाते तीव्र गतिका बलर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *