गोदावरीका प्रमुख १६ औँ दिनमा कोरोनामुक्त

रासस
२० असोज २०७७ २१:४३

ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन १६ औँ दिनमा कोरोना सङ्क्रमणमुक्त भएका छन् । यही असोज ५ गते ज्वरो, खोकी र जीउ दुख्ने समस्या देखिएर महर्जनले घरमै बसी भोलिपल्ट स्वाब परीक्षण गर्न पठाउँदा ९ गते मात्रै नतिजा पोजेटिभ आएको थियो ।

“म आज १६ औँ दिनमा कोरोना सङ्क्रमणबाट मुक्त भएँ ”, प्रमुख महर्जनले बताए । उहाँले भन्नुभयो, “अब म केही दिन स्वास्थ्यको मापदण्ड पालना गरेर घरमै बस्छु र भीडभाडमा जान्न ।” नगरपालिकाको काम भने केही दिनका लागि घरबाटै गर्ने महर्जनले जानकारी गराए ।

महर्जनकी धर्मपत्नी गङ्गामायाको कोेभिड परीक्षणको नतिजा भने आउन बाँकी रहेको बताइएको छ । सोमबार मात्रै महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका थिए। यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन भने कोरोना सङ्क्रमणका साथै छातीमा समस्या देखिएर यही असोज १६ गतेदेखि सानेपाको स्टार अस्पतालमा उपचाररत रहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *