भर्चुअल प्रविधिबाट क्यानको साधारण सभा हुने

डिसी नेपाल
२१ असोज २०७७ १०:४५

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारण सभा भर्चुअल प्रविधिबाट हुने भएको छ । क्यानका दुई शीर्ष पदाधिकारीहरुमा कारोना पोजेटिभ देखिएपछि असोजको २८ र २९ मा गर्ने भनिएको साधारण सभा अब भर्चुअल प्रविधिबाट गरिने भएको हो ।

चितवनमा असोज ६ गते बसेको बैठकले असोजको अन्तिमममा भैरहवामा गर्ने भनिएको सो साधारण सभा भौतिक रुपमा जमघट हुने सम्भावना कम भएको भन्दै जुमको प्रयोगबाट हुने क्यान स्रोतले जनाएको छ । साधारण सभा अगाडी क्यानले खेलाडीको वर्गीकरण परिमार्जन गर्नका लागि कार्यसमितीको बैठक राख्ने भएको छ ।

साधारण सभाका लागि क्यानले राष्ट्रिय खेलकुद परिषद (राखेप), अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) लगायतलाई पत्र पठाइसकेकोले भर्चुअल भएपनि साधारण सभा गरिने क्यान स्रोतले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *