गोल्डेन बुट जितेका कवानी म्यान्चेस्टरमा

डिसी नेपाल
२१ असोज २०७७ ११:५३

काठमाडौं । इंग्लिश प्रीमियर लीग क्लब म्यान्चेसटर युनाईटेडले स्ट्राइकर एडिसन कवानी र फाकुंडा पेलिस्ट्रीसँग सम्झौंता गरेको छ । कवानीले क्लबसँग एक बर्षका लागि सम्झौंता गरेका हुन । तर सम्झौंतामा करार अवधि लम्ब्याउन सकिने व्यवस्था रहेको छ । साथै पेलिस्ट्रीले क्लबसँग ५ बर्षको लागि सम्झौंता गरेका छन । साथै उनको सम्झौंतामा पनि करार अवधि लम्ब्याउन सकिने व्यवस्था रहेको छ ।

कवानीले फ्रान्स लिग र ईटालीको सिरी ए मा गोल्डेन बुट जितेका छन । युरोपमा सन २००७ मा आएपछि उनले कुल ३४१ गोल गरेका छन । जसमध्ये यूईएफए च्याम्पियन्स लिगमा उनको ३५ गोल रहेको छ । यी फरवार्डले फ्रान्सको क्लब पीएसजीलाई ६ वटा लिगको उपाधि जिताउन मद्दत गरेका छन । जाहा उनले ब्यक्तिगत २०० गोल गर्दे सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन । अन्तराष्ट्रिय खेलमा उनले उरुग्वेका लागि कोपा अमेरिका कपको उपाधि जिताउन मुख्य योगदान दिदै आफ्नो राष्ट्रका लागि ११६ खेलमा ५० गोल गरेका छन ।

पेलिस्ट्रीले उरुग्वेको प्रिमियर डिविजन लिग क्लब एटलेटिको पेनारोईको लागि ३७ खेल खेलेका छन । म्यान्चेस्टर युनाइटेड वर्तमान सिजनमा अंकतालिकामा १६ औं स्थानमा रहेको छ। टोलीले अक्टुबर १७ मा न्यूक्यासलसँग भिडदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *