जाजरकोटमा जिप दुर्घटनाः वडाअध्यक्षसहित ५ जनाको मृत्यु
काठमडाौं।। जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा परी वडाअध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। छ। जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप सो गाउँपालिकाको वडा १ औलखोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा जुनिचाँदे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अमरबहादुर शाहीको मृत्यु भएको हो।
सोही वडाका कृतिबहादुर शाही, खेमबहादुर शाही, वडा नम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाहीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी अन्य दुईजना हराइरहेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment