एसियाली खेलकुदलाई ध्यानमा राख्दै पूर्वी एसिया कप क्रिकेट आयोजना हुने

डिसी नेपाल
२१ असोज २०७७ १९:१८

काठमाडौं । पूर्वी एसियाली राष्ट्रहरु हङकङ, जापान, चीन र कोरियाले २०२० को पूर्वी एसिया कप क्रिकेट आयोजना नगर्ने सर्व सहमति गरेका छन । कोभिड–१९ को महामारीका कारण हाल अन्तराष्ट्रिय यात्रा प्रतिबन्ध रहेका कारण पूर्वी राष्ट्रहरुले क्रिकेट प्रतियोगिता आयोजना गर्ने ईच्छा जनाएका छैनन ।

यद्यपी यी राष्ट्रहरुले २०२१ मा महिला तथा पुरुष पूर्वी एसिया कप आयोजना गर्ने सम्भावना रहेको जनाएका छन । साथै यी राष्ट्रहरुले २०२२ को एसियाली खेलकुदलाई ध्यानमा राख्दै यस्को तयारी स्वरुप प्रतियोगिता आयोजना गर्ने जनाएका छन । एसियाली खेलकुदमा पदकको सम्भावना बोकेको खेल हो क्रिकेट ।

जापानले २०१८ मा हङकङ भएको पुरुष पूर्वी एसिया कपको उपाधि जितेको थियो । चीनले २०१९ मा दक्षिण कोरियामा भएको महिला पूर्वी एसिया कपको उपाधि जितेको छ । यी चार राष्ट्रहरुले २०२१ मा हुने एसिया कपको लागि आयोजना अधिकारको लागि नयाँ सम्झौंता पत्र (ओएमयु) मा छलफल गर्नेछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *