मध्यक्रम फ्लप भएपछि कोलकाताले चेन्नईलाई लियो १६८ रनको लक्ष्य

डिसी नेपाल
२१ असोज २०७७ २१:४६

काठमाडौं। आईपीएलको बुधबारको खेलमा कोलकता नाइट राइडर्सले चेन्नई सुपरकिंग्सलाई १६८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिंग गरेको कोलाकाताले अन्तिम बलमा अलआउट हुँदै १६७ रनको मध्यम लक्ष्य दिएको छ।

कोलकाताका लागि ओपनर राहुल त्रिपाठी र शुभमन गिलले राम्रो शुरुआत दिए पनि मध्यक्रम र अन्तिमतिरका ब्याट्सम्यानले फ्लप प्रदर्शन गर्दा कोलाकाता विशाल स्कोर बनाउनबाट चुक्यो। अन्तिम चार ओभरमा मात्र ३९ रन बनाएको कोलकाताका लागि त्रिपाठीले भने उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ५१ बलमा ८१ रन बनाए। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

चेन्नईका लागि डवेन ब्राभोले ३ विकेट लिए भने, शार्दुल ठाकुर, करण शर्मा र स्याम करनले २–२ विकेट लिए। दिपक चहर भने विकेहबिहीन रहे।

जारी लिगमा चेन्नईले ५ खेलमा २ खेलमा जित हात पारेको छ भने ३ खेलमा पराजित भएको छ। यस्तै कोलकाता ४ खेलमा २ जित र २ हार व्यहोर्न बाध्य भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *