धोनी फेरि असफल, कोलकातासँग चेन्नईको हार
काठमाडौं। यूएईमा जारी आईपीएलको बुधबार भएको खेलमा चेन्नई सुपरकिंग्स कोलकाता नाइट राइडर्ससँग पराजित भएको छ। कोलकाताले चेन्नईलाई १० रनले पराजित गरेको छ।
कोलकाताले पहिला ब्याटिंग गर्दै अन्तिम बलमा अलआउट हुँदा १६७ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको चेन्नईले ५ विकेटमा १५७ रनमात्र बनायो। चेन्नईलाई अन्तिम ओभरमा जितका लागि २६ रन आवश्यक थियो।
आन्द्रे रसेलले अन्तिम ओभरमा १६ रन दिए। र टिमलाई महत्वपूर्ण जित दिलाए।
जितपछि कोलकाता अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ५ खेलमा तीन जित हात पारेको कोलकाता र आरसीबीको बराबर अंक भए पनि रन रेटका आधारमा कोलकाता तेस्रो स्थानमा छ भने आरसीबी चौथो स्थानमा छ।
उता हारपछि चेन्नई ६ औं नम्बरमा यथावत छ। चेन्नई ६ खेल मध्ये ४ खेलमा पराजित भएको छ।
कोलकाताको जितमा ओपनर ब्याट्सम्यान राहुल त्रिपाठीले ८१ रनको योगदान दिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment