विश्वमा कोरोना : २ करोड ७१ लाख बढी निको भए, बर्लिनमा ७० वर्षपछि नाइट कर्फ्यू

डिसी नेपाल
२२ असोज २०७७ ७:१०

काठमाडौं। जर्ननीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ७० वर्षमा पहिलो पटक रातको समयमा कर्फ्यू लगाउने घोषणा गरिएको छ। राति ११ बजेदेखि विहान ६ बजेसम्म सबै बार, रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरिएको हो।

घरमा पाँच जना भन्दा धेरै मानिस भेला हुन र निजी पार्टीमा दश जना भन्दा बढी भेला हुनसमेत प्रतिबन्ध लगाइएको छ। बर्लिनमा यो हप्ता संक्रमणको नयाँ केश बढेपछि सरकारले यस्तो कदम उठाएको हो। जर्मनीमा अहिलेसम्म ३ लाख ९ हजार ९३४ जना संक्रमित भएका छन्। यहाँ ९ हजार ६ सय ४८ जनाको मृत्यु भइसकेको छ।

यसैबीच इटलीले बुधबारदेखि घर बाहिर निस्किँदा मास्क अनिवार्य लगाउने नियम बनाएको छ। योसँगै सरकारले ३१ जनवरीसम्म संकटकाल बढाउने निर्णय गरेको छ। पछिल्लो समय इटलीमा कोरोना संक्रमण बढिरहेको छ।

यद्यपीका अन्य युरोपेली मुलुक फ्रान्स, स्पेन र बेलायतको तुलनामा यहाँ संक्रमितको संख्या कम छ। इटलीमा अहिलेसम्म ३ लाख ३३ हजार ९४० जना संक्रमित छन्। इटलीमा ३६ हजार भन्दा धेरैको मृत्यु भएको छ।

यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख भन्दा धेरै पुगेको छ। कोरोनाबाट निको हुनेको संख्या २ करोड ७१ लाख ३६ हजार भन्दा धेरै छ भने मृत्य हुनेको संख्या १० लाख ५३ हजार भन्दा बढी छ।

सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा ७७ लाख ४५ हजार ४८२ संक्रमित संख्या पुगेको छ भने २ लाख १६ हजार २७७ जनाको मृत्यु भएको छ। अमेरिकामा ४९ लाख ५९ हजार १३६ जना निको भएका छन्।

भारतमा ६८ लाख ३२ हजार ६४६ जना संक्रमित भएका छन् भने १ लाख पाँच हजार ५५१ जनाको मृत्यु भएको छ। भारतमा ५८ लाख २१ हजार ४२३ जना निको भएका छन्।

ब्राजीलमा ४९ लाख ७८ हजार ५३१ जना संक्रमित भएका छन् भने १ लाख ४७ लाख ७५९ जनाको मृत्यु भएको छ। ब्राजीलमा ४३ लाख ५२ हजार ८७१ जना निको भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *